• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

जन्मदिनमा देउवालाई बालुवाटारको न्यानो स्वागत, ओलीले दिए प्रगतिको शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

आज (बिहीबार) प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर देउवाको जन्मदिन मनाइदिएका हुन् । देउवाको जन्मदिनको अवसरमा ओलीले सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना कामना गरेका छन् ।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।

सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी,’– प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖