• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रस्तावित राजदूत रेग्मीको भनाई


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने बताएका छन् ।

उनले आफू सो देशको राजदूतमा नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रतिबद्धता जनाए । आज भएको संसदीय सुनुवाई समितिमा उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले नेपालका प्रधानमन्त्रीलाई अमेरिकाको भ्रमणको क्रममा त्यहाँको संसद्मा सम्बोधन गर्ने वातावरण बनाउनेपनि योजना सुनाए । उनले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय विश्वास दिलाएका छन् ।

रेग्मी नेपाल सरकारको पूर्व मुख्यसचिव हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖