• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं— लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्।

लागूऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

गत साउन ३ मा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागूऔषधसहित पक्राउ गरेको थियो। उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖