• Sunday 29th of November 2026

धोबिखोलामा खसेको ट्याक्सी चालकको गरियो उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ ।

चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

ललितपुरका एकान्तकुना बस्ने उनी ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । धोबिखोलाले बा.२ ज १७९२ नम्बरको ट्याक्सी केही मिटर बगाएको छ । चालकको अवस्था सामान्य छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖