सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सोमबार संसद्मा प्रतिवेदन प्रस्तुत गरेपछि रविले सहकारी ठगीमा आफ्नोमा संलग्नता नरहेको दाबी गरेका हुन् ।
सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट र पुष्टि भएको छ ।
‘गोरखा मिडियामा सञ्चालन हुँदा कमीकमजोरी भएको भए जवाफदेही हुनुपर्छ । दुरुपयोग भएको विषयमा भाग्ने मानिस हामी होइनौं,’ समितिले प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग लामिछानेले भने, ‘मूल कुरा सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ ।’
रविले स्वेट शेयरमा जतिलता रहेको पनि स्वीकारेका छन् । ‘स्वेट सेयरमा जटिलता छ । स्वेट शेयर छ जस्तो पनि छ, छैन जस्तो पनि छ । जटिलता छन् । जिम्मेवार निकायमा जवाफ दिन्छु,’ रविले भने ।
