• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

जेल जाने पक्का भएपछि रविले ‘क्लिन चिट’ पाएको भनेर भ्रम फैलाउँदै छन् : मुकुल ढकाल


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित मुकुल ढकालले जेल जाने पक्कापक्की भएपछि लाज सरमको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाएको भनेर भ्रम फैलाएको बताएका छन् ।

“जेल जाने पक्कापक्की भएपछि लाज शरम केहीको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएछन् । उनीलाई आफूबाहेक अरू कसैको केही मतलव छैन भन्ने कुरा फेरि पुष्टि भएको छ,” उनले फेसबुकमा भनेका छन् ।

उनले अगाडि भनेका छन्, “यिनी आफू जेल जाने निश्चित भयो, छानबिन समितिले नामै किटान गरेर दोषी भनिसक्यो, कारबाही सिफारिस गरिसक्यो । कम्तीमा आफैँ पढ्ने आँट गर्नुहोस्, यी स्वार्थीले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस् पुर्‍याउनू ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖