• Monday 5th of October 2026

नेपाली बजारमा आयो नयाँ ‘पल्सर एनएस २००’, मूल्य कति?


  • धनकुटा खबर
  • .

बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरू गरेको छ।

बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन छ। यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ। यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ छ।

त्यस्तै यसको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा छ।

‘अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्छ। स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुन्छ,’ कम्पनीको दाबी छ।

यसबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौं। एनएस २०० पहिले नै नेपाली राइडरहरूको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो। ग्राहकको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधि अँगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्र्याएका हौं।’

नयाँ बजाज पल्सर एनएस २०० को मूल्य चार लाख ४४ हजार ९ सय रूपैयाँ छ।

यो मोटरसाइकल देशभरका बजाज शोरूमबाट पाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖