• Monday 5th of October 2026

मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सनुभयो ? यसो गर्नुहोस्


  • धनकुटा खबर
  • .

फोनमा हुने डेटा सुरक्षाका लागि हामीले पासवर्ड राखेका हुन्छौँ । पासवर्डमा पनि पछिल्लो समय सबैभन्दा बढी लोकप्रिय प्याटर्न नै हो । सँगै पीन र फिंगर प्रिन्ट त छँदै छ ।

तर कहिलेकाहीँ मानिसहरूले आफ्नो पिन, पासवर्ड वा प्याटर्न सम्झन सक्दैनन्। धेरै पटक, गलत तरिकाले पिन टाइप गर्दा, प्याटर्न राख्दा वा पासवर्ड बिर्सनुको कारण प्रयोगकर्ताको डिभाइस लक हुन्छ।

यहाँ हामी तपाईँलाई यहि समस्या निराकरणको उपाय बताउनेछौँ।

यसरी अनलक गर्नुहोस् फोन:

– सबैभन्दा पहिले फोन बन्द गर्नुहोस् र लगभग एक मिनेट पर्खनुहोस्।

– त्यसपछि पावर बटन र भोल्युम डाउन बटन एकैसाथ थिच्नुहोस्।

– एकपटक तपाईं रिकभरी मोडमा पुगेपछि फ्याक्ट्री रिसेट विकल्प चयन गर्नुहोस्।

– तपाईँको सबै डाटा खाली गर्न ‘वाइप क्यास’लाई चयन गर्नुहोस्।

– एक मिनेट पर्खनुहोस् र त्यसपछि फोन खोल्नुहोस्। यसपछि फोन पासवर्ड प्रविष्ट नगरीकन नै अन हुनेछ।

गुगल डिभाइस म्यानेजर प्रयोग गरेर फोन अनलक गर्नुहोस्:

– गुगल डिभाइस म्यानेजरमा जानुहोस्।

– आफ्नो गुगल खातामा साइन इन गर्नुहोस्।

– तपाईँले अनलक गर्न चाहेको फोन चयन गर्नुहोस्।

– लक विकल्प चयन गर्नुहोस्। आफ्नो नयाँ पासवर्ड टाइप गर्नुहोस्।

– फेरि लकमा क्लिक गर्नुहोस् र नयाँ पासवर्डका साथ आफ्नो फोन अनलक गर्नुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖