• Monday 5th of October 2026

बन्द हुने भयो टिकटक म्युजिक


  • धनकुटा खबर
  • .

काठमाडौं । बाइटडान्सले आफ्नो म्युजिक स्ट्रिमिङ सेवा टिकटक म्युजिक बन्द गर्ने घोषणा गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले सब्सक्रिप्सनमा आधारित यो सेवा बन्द गर्ने जनाएको हो । सूचना अनुसार आगामी २८ नोभेम्बरदेखि टिकटक म्युजिक पूर्ण रूपमा बन्द हुनेछ ।

डेड वर्ष पहिले आएको यो सेवा इन्डोनेसिया, ब्राजिल, अस्ट्रेलिया, सिंगापुर र मेक्सिकोमा मात्र उपलब्ध छ। सन् २०१९ मा भारत र इन्डोनेसियामा रेसो नामक एप चलाउन सुरु गरेपछि केही समयमै ब्राजिलमा पनि विस्तार भएको थियो । पछि, सन् २०२३ मा, बाइटडान्सले रेसोलाई टिकटक म्युजिकमा रिब्रान्डिङ गरेर सिंगापुर, अस्ट्रेलिया र मेक्सिकोमा फैलाएको थियो । भारतमा भने यो सेवा आउनुअघि नै रेसोमा प्रतिबन्ध लागेको थियो ।

बाइटडान्सले सबैलाई आफ्नो प्लेलिस्ट अन्य म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा सार्न र रकम फिर्ताको लागि सोही दिनसम्म जानकारी गराउन आग्रह गरेको छ ।

यसअघि टिकटक म्युजिकले स्पोटिफाई र एप्पल म्युजिकलाई चुनौती दिने अनुमान गरिएको थियो । तर, अब टिकटकले उनीहरूसँग प्रतिस्पर्धा नगरी सहकार्यलाई प्राथमिकता दिने योजना बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖