• Monday 5th of October 2026

अन्तरिक्षमा फसेका दुई यात्री ‘स्पेसएक्स मिसन’ सँग जोडिए


  • धनकुटा खबर
  • .

काठमाडौँ – अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन ‘आइएसएस’ सँग जोडिएको छ।

फाल्कन ९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न १ः१७ बजे उडान भरेको थियो र ड्रैगन अन्तरिक्ष यानमा सवार क्रू–९ मिसनले आइतबार साँझ ५ः३० बजे आईएसएससँग सम्पर्क गरेको थियो।

‘ड्रयागन क्याप्सुल’ ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ साँझ ७ बजेपछि आफ्ना तैरिरहेका सहकर्मीलाई अँगालो हालेर स्टेसनमा चढेका थिए ।

“म ड्रागन फ्रिडमबाट हाम्रो नयाँ कम्प्याडरहरूलाई स्वागत गर्न चाहन्छु,” फसेका दुई अन्तरिक्ष यात्रीहरूमध्ये एक यात्री स्टेशन कमान्डर सुनी विलियम्सले भने ।

हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् । बोइङले डिजाइन गरेको अन्तरिक्ष यान ‘स्टारलाइनर’ को समस्याका कारण आईएसएसमा उनीहरूको बसाई महिनौंसम्म लम्बिएको थियो।

विल्मोर र विलियम्सलाई गत जुनमा आईएसएसमा पुर्याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरिरहेको थियो।

उनीहरू त्यहाँ केवल आठ दिनका लागि मात्र हुनुपर्ने थियो, तर त्यहाँ उडानको क्रममा स्टारलाइनरको ‘प्रोपल्सन सिस्टम’ मा समस्या देखा परेपछि नासाले योजनामा आमूल परिवर्तन गर्न बाध्य भएको थियो।

स्टारलाइनरको सफल अवतरणको विश्वसनीयताको बारेमा हप्तौंको गहन परीक्षणपछि नासाले अन्ततः यसलाई आफ्नो चालक दल बिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो । अर्बपति एलन मस्कद्वारा स्थापित निजी कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यहरूलाई घुमाउन अनुमति दिन प्रत्येक छ महिनामा नियमित मिसनहरू उडान गर्दै आएको छ।

तर नासाका विशेषज्ञहरूलाई स्टारलाइनरको विश्वसनीयताको मूल्याङ्कन गर्न र कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न थप समय दिनका लागि क्रू–९ को प्रक्षेपण अगस्टको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म स्थगित गरिएको थियो।

हेग र गोर्बुनोभले करिब पाँच महिना आईएसएसमा बिताउनेछन् । विल्मोर र विलियम्सले त्यहाँ आठ महिना बिताउनेछन्। क्रु–९ ले आफ्नो बसाइको क्रममा करिब २०० वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖