• Wednesday 7th of October 2026

महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो ।

योसँगै काठमाडौँले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ ।

काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖