• Wednesday 7th of October 2026

लोक गायिका सुनिता बुढा क्षेत्रीले गरिन् विवाह


  • धनकुटा खबर
  • .

लोक दोहोरीकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले विवाह गरेकी छन्।

काठमाडौं रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनको विवाह भएको हो। न्यौपाने पेशाले इन्जिनियर हुन्।

शुक्रबार काठमाडौंको एक मन्दिरमा भएको विवाह समारोहमा परिवार र निकट आफन्तको उपस्थिति थियो।

गायिका सुनिताका ‘कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका गीतहरू चर्चित छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖