• Wednesday 7th of October 2026

अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले यसरी सुनाए गोली लागेको घटना


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए।

अस्पतालबाट घर आएपछि गोविन्दाले त्यो दिन के भयो, लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन्।

त्यो दिन के भयो?
गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए। उनले भने, ‘अलि गहिरो चोट थियो, पत्याउनै सकिनँ। के भयो जस्तो लाग्यो।’

घटना हुँदा आफू एक्लै भएको र बिहान ४:४५ देखि ५ बजेको बीचमा घटना भएको उनले बताए। त्यतिबेला गोविन्दा कोलकाता जाँदै थिए।

गोविन्दाले भने, ‘म कोलकाताको शोमा जाने तयारी गरिरहेको थिएँ। बिहानको पौने ५ देखि ५ बजेको थियो होला। त्यो (रिभल्वर) खस्यो र पड्क्यो। मलाई झट्का लाग्यो, हेर्दा रगतको फोहोरा देखेँ। यो घटनामा अरू कसैलाई जोड्नु ठीक छैन र अरूलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने लाग्यो, त्यसैले मैले केही भिडिओ बनाएँ र डा. अग्रवालकहाँ गएँ। उनी मसँगै आए र मलाई क्रिटी केयर अस्पताल लगे।’

लोडेड रिभल्भर किन राख्नुपर्‍यो?
गोविन्दालाई लोडेड रिभल्भर राख्नुपर्ने आवश्यकता किन पर्‍यो त भन्ने प्रश्न गरिएको थियो।

जवाफमा उनले भने, ‘जब तपाईं बिहान तयार हुनुभयो, तपाईंले लाग्छ– सबै कुरा ठीकठाक छ। म अलिकति हर्षित थिएँ, त्यसैले मलाई केही गलत छैन भन्ने लाग्यो। म अलि सहज छु। मलाई थाहा थिएन कि यस्तो केही हुनेछ। तर हामीले ख्याल गर्नुपर्छ। मलाई आशा गर्छु– यस्तो फेरि कसैलाई नहोस्। यसबाट सबैले ठूलो पाठ सिक्नुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖