धनगढी । कैलालीको गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्।
गोदावरी नगरपालिका ३ मा सुदूरपश्चिम प्रदेश ०१००प०१२–४१२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय १० वर्षीय बालक मानव भट्टराइ गम्भिर घाइते भएका हुन ।
उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले मोटरसाइकल चालक गोदावरी–३ का पारस देउवालाई नियन्त्रणमा लिएको जनाएको छ ।
