• Wednesday 7th of October 2026

रिलिजको १९औं दिनमा क्लबमा करोड पुग्यो छक्कापञ्जा-५ को सरापे गीत


  • धनकुटा खबर
  • .

काठमाडौं । असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा-५ को ब्रेकअप गीत करोड क्लबमा प्रवेश गरेको छ । रिलिजको १९औं दिनमा ब्रेक अप नाम दिईएको सो सरापे गीत आज एक करोड पटक हेरिएको हो ।

असोज २ गते सार्वजनिक भएको गीतमा ब्रेकअप भएपछि प्रेमीले प्रेमिकाप्रति पोखेको रिस र आक्रोशलाई चित्रण गरिएको छ। अन्तिममा प्रेमिकाको प्रतिक्रिया थियो।

जुन गीत सार्वजनिक भएदेखिनै टिकटकदेखि सामाजिक सञ्जालमा चर्चामा रह्यो। गीतका शब्दहरुलाई लिएर कतिपयले भने आलोचना समेत गरेका थिए। धेरैले यस गीतलाई सरापे गीत नाम दिएका छन् ।

यस गीतमा बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी फिचर्ड छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖