• Wednesday 7th of October 2026

युट्युबमा रिलिज भयो दयाहाङ र मिरूनाको हिट फिल्म ‘जारी’


  • धनकुटा खबर
  • .

दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका रहेको सुपरहिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ।

दसैंको अवसर पारेर सोमबार बाँसुरी फिल्मसको युट्युब च्यानलमा फिल्म रिलिज गरिएको हो।

यो फिल्म हलमा गतवर्ष प्रदर्शनमा आएको थियो।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा लिम्बू संस्कृतिको कथा देखाइएको छ।

फिल्ममा दयाहाङ र मिरूनासहित प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा लगायतको अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖