• Wednesday 7th of October 2026

बाढी पीडितको खानेपानीका लागि दुर्गेशले गरे सहयोग


  • धनकुटा खबर
  • .

काठमाडौँ । बाढी पहिरोको ठुलो विपत्तिले सबभन्दा धेरै प्रभावित बनेको काभ्रेपलान्चोकको पिपलचौरमा खानेपानीको समस्यामा परेका स्थानीयलाई गायक तथा मोडल दुर्गेश थापाले सहयोग गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय हाम्रो टिम नेपालको समन्वयमा नयाँ पाइप जडान गरेर खानेपानीको सहज आपूर्तिको लागि दुर्गेशले नगद ५० हजार सहयोग गरेका हुन् ।

‘बाढी पहिरोले काभ्रे पिपलचौरमा पाइप बगाएर खानेपानीबाट वञ्चित बनेका स्थानीयहरूलाई खानेपानीको सहजताको लागि व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अफ्ट्यारोमा परेकाहरूको दुःखमा मल्हम लगाउनु हामी सबैको कर्तव्य हो ।’ आज अरूलाई परेको अफ्ट्यारो भोली जसलाई पनि पर्नसक्छ, समस्यामा परेकाहरूसँग हातेमालो गर्दै अघि बढ्नु नै मानवता रहेको उनको धारणा रहेका छ ।

दुर्गेश यतिबेला दसैँको अवसरमा विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा व्यस्त छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖