• Wednesday 7th of October 2026

गायक राजेश पायल राईलाई आफ्नै गीतमा कपिराइट, कानुनी कारबाहीको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईले आफ्नो गीतमा कपिराइट समस्या आएको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, उनले आफ्नै गीत सङ्गृहीत गर्ने प्रयास गर्दा कपिराइट दाबी लागेका कारण असन्तुष्टि व्यक्त गरेका हुन् ।

राईले आफूलाई अधिकार भएको गीतमा कपिराइट लागेपछि अनलाइनमा उनका गीतहरू राख्ने सबैलाई तत्काल हटाउन आग्रह गरेका छन् । उनले हटाइएन भने कानुनी कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

उनले लेखेका छन्, ‘सर्वप्रथम ! सेवा,दर्शन नमस्ते अनि दसैको शुभकामना पनि !! यो एक सूचना हो मेरो Rights मा रहेको अधिकांश गीतहरू हालै मैले खोलेको Audio platform मार्फत सङ्गृहीत गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले यो सूचित गरिन्छ की तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त Delete गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु ! र यति सेयर गरेर सहयोग गरिदिनु होला ।

उही तपाईँहरूकै राजेशपायल राई !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖