• Sunday 29th of November 2026

आजदेखि पूरै नेपालबाट बाहिरियो मनसुन


  • धनकुटा खबर
  • .

आजदेखि मनसुन पूरै नेपालबाट बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २६) मनसुन बाहिरिन बाँकी रहेका स्थानबाट पनि बाहिरिएको हो।

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशबाट मनसुन बाहिरिएको हो। योसँगै मनसुन देशैभरबाट बाहिरिएको हो।

यसअघि बागमतीदेखि पश्चिमका सबै प्रदेशबाट मनसुन बाहिरिएको थियो।

महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘आजदेखि पूरै देशबाट मनसुन बाहिरिएको छ र मनसुन सिजन सकिएर पोस्ट मनसुन सुरु भएको छ।’

उनका अनुसार अब पानी पर्न कम हुनेछ। ‘पोस्ट मनसुनमा खासै पानी पर्दैन, हल्काफुल्का कहिलेकाहीँ वर्षा हुन्छ, गर्मी पनि हुँदैन, धेरै जाडो पनि हुँदैन, मौसम सुक्खा खालको हुन्छ’, उनले भने।

पोस्ट मनसुनको अवधि नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुने मौसमविद् प्रधानांगले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖