• Sunday 29th of November 2026

कार र मोटरसाइकल ठोकियो, एकको मृत्यु


  • धनकुटा खबर
  • .

मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको हो।

जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोकिएको प्रहरीले जानकारी दिएको छ।

घटनामा आरु चनौटे-९ गोरखाका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार काठमाडौंबाट अप्पर मुस्ताङको भ्रमणका लागि आउँदै गर्दा मोटरसाइकल चालक खड्काको कारसँग ठोकिएर मृत्यु भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖