• Wednesday 7th of October 2026

टी–२० विश्वकप : प्रतियोगिताको दाबेबार इंग्ल्याण्डलाई वेस्ट इन्डिजले हरायो, न्यूजिल्याण्डसँगको भिडन्त पक्का


  • धनकुटा खबर
  • .

दुबई । दक्षिण अफ्रिकासँगै वेस्ट इन्डिज महिला टी–२० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । प्रतियोगिताको दाबेदार मानिएको इंग्ल्याण्डलाई हराउँदै वेस्ट इन्डिज समूह बीबाट सेमिफाइनल प्रवेश गरेको हो ।

इंग्ल्याण्डलाई पछिल्लो पटक सन् २०१८ मा हराएको वेस्ट इन्डिजले टोलीविरुद्ध १३ खेलको हारको श्रृखला अन्त्य गर्दै प्रतियोगिताको अन्तिम ४ मा न्यूजिल्याण्डसँग भिडन्त पक्का गरेको हो ।

गए राति भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डले प्रस्तुत गरेको १४२ रनको लक्ष्य १२ बल बाँकी छँदै मात्र ४ वेकेटको क्षतिमा भेट्टाएको हो । टोलीका लागि ओपनरद्वय कप्तान हेली म्याथ्युज र कियाना जोसेफले अर्धसतकीय इनिङ्ग पार गरेका थिए ।

जोसेफले ३८ बलमा ५२ रन जोडिन । उनले ६ चौका र २ छक्का प्रहार गरेकी थिइन् । म्याथुजले पनि समान बलमा ५० रन बनाइन् । उनले ७ चौका र एक छक्का प्रहार गरिन् ।

डियान्ड्रा डोटिनले १९ बलमा २७ रनको योगदान गरिन् । यता इंग्ल्याण्डका लागि न्याट स्काइभर ब्रन्ट, सोफी एक्लेस्टोन र सारा ग्लेनले १–१ विकेट लिइन् ।

यसअघि ब्रन्टको अर्धशतकीय इनिङ्का मद्दतले इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ वेकेट गुमाएर १४१ रन बनाएको थियो । कप्तान हेदर नाइटले २१ रन जोडिन । त्यस्तै, ड्यानी वाट हजले १६ रन तथा माइया बोसियरले १४ रनको योगदान गरेकी थिइन् ।

वेस्ट इन्डिजका लागि एफी फ्लेचरले ३ विकेट लिइन भने हेली म्याथ्युजले २ विकेट तथा डियान्ड्रा डोटिनले १ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖