• Sunday 4th of October 2026

यसकारण भदौ १४ गते नेपाल बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं— फ्रिडम रेड फेर्स संगठनले राष्ट्रघाती एम सी सी सम्झौताको बिरुद्धमा भदौ १४ गते नेपाल बन्दको घोषण गरेको छ ।

संगठनका सर्वोच्च कमान्डरले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषण गर्दै प्रचण्ड कम्पनीले यो सम्झौता खारेज नगरे यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिएको छ।

सर्वोच कमान्डरले अमेरिकी साम्राज्यवाद द्वारा सञ्चालित एम सी सी लागू गर्नका लागि नेपालमा विभिन्न खालका हदकण्डा अपनाउदै आइरहेको र एम.सी.सी सम्झौता लागू भयो भने नेपालले आनो स्वाधीनता गुमाउनुपर्ने बताए।

उनले भने, ‘नेपालका दलाल शेरबहादुर, प्रचण्ड, ओलि कम्पनी बिच गरिएको राष्ट्रघाती सन्धि सम्झौता भारतिय बिस्तारवादी साशकहरुको हैकमवादी प्रवृत्ति साथै नेपाल माथि हेर्ने दृष्टिकोण पहिले देखि नै नियोजित छ । अमेरिकी साम्राज्यवाद भारतीय बिस्तारवाद र नेपालका दलाल नेता बिरुद्ध हाम्रो संगठन फ्रिडम रेड फ्रोर्स को गम्भीर ध्यानाकर्षण भएको छ । यो राष्ट्रघाती सन्धिले मुलुक झन जटिल समस्यामा फस्ने हुनाले यस्ता किसिमका सम्झौता प्रचण्ड सरकार शेर बहादुर सरकार होस् या ओलि सरकार होस् सत्तासीन दलहरूले गर्दै आएका छन ।

यसर्थ, नेपाली माटोलाई माया गर्ने राष्ट्रभक्त बुद्धिजीवी मानवअधिकारवादी संघसंस्था राष्ट्र राष्ट्रियताको निम्ति बलिदान दिने राजनीतिक पाटी पत्रकार सशस्त्र प्रहरी नेपाल प्रहरी नेपाली सेना कलाकार किसान मजदुर नागरिक समाजका अगुवा राष्ट्रवादी पाटी तथा व्यक्तित्व सबै सबैले यस्ता किसिमका राष्ट्रघाती सम्झौताको बिरुद्धमा सशक्त रुपमा मोर्चा बन्दी सहित संघर्षमा उत्रन हाम्रो संगठन अपिल गर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖