• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नेपाली क्रिकेटको ऐतिहासिक दिन आज, विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं। एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा बुधवार नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ।

नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो। समूहको नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।

पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।

उनले आफ्नो टोली पाकिस्तानभन्दा अनुभवमा मात्र पछाडि रहेको उल्लेख गर्दै खेलाडीहरूमा क्षमता रहेको बताएका छन्। यता पाकिस्तानका कप्तान बाबर आजमले कुनै पनि टोलीलाई आफूले कमजोर नआँक्ने बताएका छन्।

पाकिस्तानले नेपालविरुद्ध उत्रने टोली सार्वजनिक गरेको छ। पाकिस्तानी टोलीमा सबै पहिलो रोजाइका खेलाडीहरूलाई समावेश गरिएको छ।

यसअघि एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। यसअघि एक पटक छनोट भए पनि एसिया कप आयोजना नभएका कारण एसियाको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन सकेको थिएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖