• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सारूक मृत्यु प्रकरण : नम्रताविरुद्ध प्रमाणसहित आए ‘ह्यासट्यग माया’का निर्देशक


  • धनकुटा खबर
  • .

काठमाडौं । यतिबेला सारुक ताम्राकारको मृत्यु प्रकरणले नेपाली कला क्षेत्रमाथि निकै प्रश्नहरू उब्जिएका छन् । सारूकको शोकमा उनका पिताको पनि मृत्यु भएसँगै विषय थप जटिल बनेको छ ।

विशेषगरी यो घटनामा नायिका नम्रता श्रेष्ठमाथि गम्भीर शैलीमा प्रश्नहरू उठेका छन् ।

ह्यासट्याग मायाकी असिस्टेन्ड डिरेक्टर शान्ति तामाङले फेसवुकमा स्टाटस् लेख्दै नायिका श्रेष्ठमाथि २४ वटा आरोप लगाएकी थिइन् । जसमा नायिका श्रेष्ठले केही जवाफ फर्काइन ।

तर, श्रेष्ठले जवाफ फर्काएपछि माहोल थप चर्किएको छ । फिल्मकी असिस्टेन्ड डिरेक्टर शान्ति तामाङले फेरि पनि सारुकलाई न्याय मिल्नुपर्छ भन्दै श्रेष्ठमाथि कानुनी कारबाही हुनुपर्ने माग राखेकी छिन् ।

यसैबीच, फिल्मका निर्देशक राजिव गुरुङले पनि नायिका श्रेष्ठमाथि सार्वजनिकरूपमा केही प्रश्न उठाएका छन् । उनले फिल्मको नाममा आफूसँग समय र पैसा खर्चाएको आरोप श्रेष्ठमाथि लगाएका छन् । उनले तान्त्रिकको नाममा पाँच लाख खर्च गराएको पनि तथ्य खुलाएका छन् ।

निर्देशक गुरुङले सार्वजनिक गराएका तथ्यले श्रेष्ठ थप समस्यामा पर्ने देखिन्छ ।

यस्ताे छ गुरूङकाे स्टाटस
म सन् २००६ मा फिल्म डाईरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएको हु।नेपाली फिल्मको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप #माया को परिकल्पना भएको हो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियोे ।यो चलचित्र उत्कृष्ट बनाउन मैले हरसम्भव प्रयास गरे।मेरो यहि सपनालाई कमजोरी ठानिएको रहेछ। विगत ३ वर्षदेखि यो चलचित्र निर्माणका दौरान मैले मुख्य कलाकारले राखेका हरेक डिमाण्ड पुरा गरे। त्यसका लागि विगत ३ वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुदै बुढानिलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पुर्ण खर्च आफै व्योहोरे, मलाई भनिएको थियो क्यारेक्टरमा बस्नका लागि छुट्टै एकान्तमा घर आवश्यक पर्छ।यो घर म‌ैले ४५ दिनजतिका लागि होला भनेर मन्जुरी दिए तर उहाँहरुको मनसाय जति सक्दो फिल्मको समय लम्बाउने र यहिघरमा बसिरहने रहेछ। फिल्मको स्क्रिप्ट उनीहरूकै मन्जुरीमा बारम्बार पास भएर एक तहको प्राविधिकहरुले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियो । म कुनै पनि रुढीबादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दापनि फिल्म अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि म यतिका प्रयास त गरे यो प्रयास पनि गरि हेरौ भन्ने मनस्थितिमा पुगेको हुँ। ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो र फलस्वरुप रु५ लाख को पुजा गराईएको हो यदि आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ। महिला भएकै कारण सधैं महिला ठीक र पुरुष भएकै कारण सधैं पुरुष बेठीक हुदैनन् । महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ति महिला हुन् स्वर्गिय सारुककि आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यहि तोडमा श्रिमानलेपनि संसार छाडेपछि अथाह वेदनामा छिन्। म र चलचित्रसँग जोडिएको हरेक व्यक्ति जुनसुकै समयमा सुचना र जानकारीका लागि उपस्थित थियौ ।सुटिङ युनिट बसेको घरको अनुसन्धान हुनुपर्छ भनेर हाम्रै पहलमा प्रहरीले घर सिलका साथै केहि संकास्पद वस्तु लिएर गएको छ। यसअघि नै त्यहाँ बाट केहि सामान ओसारिएको हामीले जानकारी पाएका थियौं । घटनाको वास्तविकता जस्ताको तस्तै बाहिर आउनुपर्छ र सारुकले न्याय पाउनुपर्छ भनेर हामीले प्रहरीलाई पनि आफ्नो बयान दिईसकेका छौ। बारम्बार अनेकन बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिईएन भन्ने प्रश्नको जवाफ मैले पनि खोजिरहेको छु। मेरो सपना,लगानी र मिहिनेत सारुकको जीवनको अघि केहि होइन त्यसैले सारुकले न्याय पाउनुपर्छ। सारुक भाईको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ। अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ। मुलुकको न्याय प्रणालीमा मलाई पूर्ण विश्वास छ, यो घटनाले उब्जाएका तमाम प्रश्नको जवाफ न्यायको कसीमा बसेर कानुनले दिनेमा म आशावादी छु। सत्यको जीत होस् र कानुनको न्यायभन्दा माथि ईश्वरको न्याय हुन्छ र सत्य एकदिन उजागर हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖