• Sunday 4th of October 2026

यस्तो रहनेछ आजको मौसम


  • धनकुटा खबर
  • .

काठमाडौ ।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

यी दुई प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
न्यूनचापीय रेखा सरदर स्थानमै रहेपनि जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिनदेखि भारी वर्षा भएको छैन। यो क्रम शुक्रबारसम्म कायम रहने महाशाखाको पूर्वानुमान् छ।

पर्सी (शनिबार) भने कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖