• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

यी हुन् जनैपूर्णिमाका दिन खाइने क्वाँटीका फाइदाहरु


  • धनकुटा खबर
  • .

चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो, क्वाँटी ।

क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। क्वाँटी नेवारी शब्द हो । जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ। क्वाँटी विशेष गरी जनैपूर्णिमाका दिन खाने चलन छ । जनैपूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ ।

यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ । वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्राप्त होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको संस्कृतविद्हरुले बताएका छन् ।

क्वाँटी मात्र खाने होइन यस दिन मानिसहरु पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ। जसका कारण यो पर्वले नौसँग जाडिएका धेरै कुराको महत्व बोकेको संस्कृतिविद्हरुको भनाई छ ।

यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो । क्वाँटी बनाउनका लागि प्रयोग गरिएका नौ प्रकारका गेडागुडी प्रोटिनले भरिपूर्ण हुन्छन् ।

क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो। यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार क्वाँटी खाँदा हुने केही फाइदाहरु
–कब्जियत हटाउँछ
–पाचनशक्तिमा सुधार गर्छ
–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ
–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ
–रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
–स्मरणशक्ति वृद्धि गर्छ
–मानसिक स्वास्थ्यमा सुधार गर्छ
–कुपोषण हटाउन सहयोग गर्छ
–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँछ
–बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ
–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖