• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

मध्यरातमा प्रहरीले जुवाखालको पैसा बाँड्न लाग्दा सिसिटिभि देखेपछि…


  • धनकुटा खबर
  • .

बेसीशहर- सिसिटिभि फुटेज हेर्दा चार जना प्रहरीहरु मध्य रातमा एक रेष्टुरेण्डमा बसेको देखिन्छ । दाँया तिर बसेका प्रहरी सहायक निरिक्षक गणेश भण्डारीले आफुले लगाएको हाप कट्टुको दायाँ गोजिबाट केहि रकमको विट्टो निकालेर अरु साथीहरुले थाहा नपाउने गरी बायाँ गोजिमा केही पैसा राख्छन् र बाँकी पैसा गनिरहेका हुन्छन् ।

त्यत्तिबेला माथि पट्टी बसेका प्रहरी सहायक हवल्दार दिपकवावु गिरीले हुक्का नखाम हुक्का नखाम बरु चुरोट खाम भनेको सुनिन्छ । आफुले पैसा गनिसकेपछि प्रहरी सहायक निरिक्षक भण्डारीले तल्लो पट्टी बसेका प्रहरी जवान जेसन गुरुङको हातमा सो रकम दिन्छन् । जवान गुरुङले उक्त पैसा गन्न लाग्दा रेष्टुरेण्डवाला चुरोट दिन आइपुग्छ । त्यतिबेला गुरुङले उसको हातमा भएको पैसा केही बेर लुकाउँछन् ।

एकैछिन पछि पुनः पैसा गन्न शुरु हुन्छ । उनको आडमा बसेका प्रहरी जवान सञ्जीव मगर पनि उक्त पैसा गनिरहेको हेरिरहेको सिसिटिभी फुटेजमा प्रष्ट देख्न सकिन्छ ।

गुरुङले पैसा गनिरहेको बेला माथि पट्टी बसेका प्रहरी सहायक हवल्दार गिरी आफु बसेको ठाउँवाट उठेर बाहिरा जान्छन् । गिरी बाहिरा जाने बेला पैसा गन्दै गरेको प्रहरी जवान गुरुङले उक्त पैसा प्रहरी सहायक निरीक्षक भण्डारीको हातमा दिन्छन् । पुनः भण्डारीले उक्त पैसा गन्न शुरु गर्छन् ।
बाहिरा गएका प्रहरी सहायक हल्वदार गिरी पछाडी पट्टी आएर सोफा माथि हात राखेर उक्त पैसा गनिरहेको हेर्छन् । प्रहरी सहायक निरीक्षक भण्डारी उक्त पैसा निकैबेर यताउता गर्छन् । पैसा यताउता हातमा चलाईराख्दा तल पट्टी बसेको प्रहरी जवान गुरुङले रेष्टुरेण्डमा सिसिटिभि भएको संकेत गर्छन् ।

उक्त संकेत गरे लगत्तै प्रहरी सहायक निरीक्षक भण्डारीले सिसिटिभि तिर हेर्छन् । उनले सिसिटिभि देखेपछि उक्त पैसा आफ्नो हाप कट्टुको बायाँ खोजीमा राखेको सिसिटिभि फुटेजमा प्रष्ट देख्न सकिन्छ ।
रेष्टुरेण्ट सञ्चालक भन्छन् ‘त्यो दिनमा प्रहरी साथीहरु रातको १२ बजेतिर मलाई फोन गरेर रेष्टुरेण्डमा आएका थिए । उनीहरुले २ प्याक खुकुरी रम, २ बोत्तल वियर, चुरोट र २ वटा फ्राई राईस अर्डर गरे । विल करिब ३ हजार जतिको उठेको थियो । पैसा तिर्न खाजेपनि म आफैँ सँगै बसेर खाएको भएर पैसा लिइन ।’

उनले थप भने, ‘त्यतिबेला प्रहरी साथीहरु हातमा पैसा यताउता गरेको त थियो तर त्यो पैसाको बारेमा मलाई चाहिँ थाहा भएन् ।’
यसबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदी भन्छन् ‘त्यो दिन जुवाखालको सबै पैसाको जिम्मा प्रहरी सहायक निरिक्षक भण्डारीलाई नै थियो, सोहि रकम झुक्किएर उहाँसंग परेको हो । उहाँले यहाँ ल्याउनुभयो ।’

प्रहरीले जुवा खालमा मुचुल्का गरिसकेको रकम व्यक्तिगत रुपमा मध्य रातमा यसरी रेष्टुरेण्डमा बाँडफाँड गर्ने अवस्थामा देखिनुले धेरै प्रश्न उब्जाएको छ । यसबारे हामि थप फलोअप गर्नेछौँ ।-तगारो न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖