• Sunday 4th of October 2026

कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार


  • धनकुटा खबर
  • .

धनगढी, भदौ १२ । कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधवार राति ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्। बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए।

उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ। उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖