• Sunday 4th of October 2026

धादिङको गजुरीमा बस दुर्घटना, नौ यात्रु घाइते


  • धनकुटा खबर
  • .

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा यात्रुबस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जनाए ।

बसमा रहेका २९ जनामध्ये घाइते भएका ९ जनालाई उपचारको लागि गजुरी प्राथामिक स्वास्थ्य केन्द्र लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖