• Sunday 4th of October 2026

१७ वर्षीया किशोरीलाई रिसोर्टमा लगेर बलात्कार गरेको आरोपमा इलामका सूर्य पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डौं । १७ वर्षीया किशोरीलाई रिसोर्टमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कारको अभियोगमा काठमाडौं नरेफाट बस्ने इलामको इलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो बलात्कार गरेको भन्ने उजुरी परेको थियो।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖