• Sunday 4th of October 2026

बिर्तामोडमा माछाले लियो एकको ज्यान


  • धनकुटा खबर
  • .

बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर आज बिहान एक युवकको मृत्यु भएको छ ।

मंगलवार विहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ बर्षिय दिनेश हस्दाको घर नजिक्कैको पानी जमेको पैनीमा माछा मार्नेक्रममा क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो । प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्ने गएका थिए ।

माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖