• Sunday 4th of October 2026

आरतीले तोडिन् अनशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि बाँके, बैजनाथपुर गाउँपालिका– ६ कि आरती रावल (गिरी)ले बिहीबार अनशन तोडेकी छिन् ।

आफ्नो श्रीमानका उपर वैवाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा धम्की आएको भन्दै आरती गत असार १० गतेदेखि माइतीघर मण्डलामा अनशनरत थिइन् । गृह मन्त्रालयका अधिकारीबीच भएको सहमतिमा स्थानीय प्रहरीलाई आरतीको सुरक्षाको लागि स्थानीय प्रहरीलाई निर्देशन दिने सहमति भएको छ ।

अधिवक्ता इन्द्रप्रसाद अर्याल र गृह मन्त्रालयका दिनेश न्यौपानेको रोहबरमा भएको सहमतिमा सहमतिमा गृह मन्त्रालयको तर्फबाट उपसचिव कुलबहादुर जिसी र अनसनरत आरतीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖