• Sunday 4th of October 2026

चिनियाँ दूतावासमा नेविसंघको प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएको भन्दै नेविसंघ विरोध प्रदर्शन गरेको हो ।

नेपालले २०७७ सालमा जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको थियो । तर चीनले आफ्नो नयाँ नक्सामा उक्त भूभाग समेटेको छैन ।

नेविसंघले नक्सा विवाद समाधान गर्न काठमाडौंस्थित चिनियाँ दूतावासलाई कूटनैतिक नोट उपलब्ध गराएको थियो । कूटनैतिक नोटको जवाफ नपाएपछि नेविसंघले नक्सा संशोधन गर्न दबाब दिन दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖