• Sunday 4th of October 2026

भागलपुर दुर्घटनामा अर्जुनधाराकी शारदा कार्कीको मृत्यु


  • धनकुटा खबर
  • .

झापा । तीर्थयात्राका लागि भारत गएका झापाकी एक महिलाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । अर्जुनधारा ९ स्थित कार्कीडाँडा निवासी ५५ वर्षीया शारदा कार्कीको मृत्यु भएको हो ।

उनका श्रीमान जगतबहादुर कार्की र बिर्तामोड निवासी अनन्तलाल महत्तोका ससुरा बैजु महत्तो घाइते भएका छन् । मंगलबार राति भारतको भागलपुरमा भएको सवारी दुर्घटनामा दुईजना महिला तीर्थयात्रीको मृत्यु भएको थियो भने तीन महिलासहित ६ जना गंभीर घाइते भएका थिए । त्यसमध्ये एकजना मृतक र दुईजना घाइते नेपालका हुन् ।

मंगलबार राति करिब सवा ९ बजेतिर भागलपुर-हंसडीहा मुख्य सडकअन्तर्गत रजौन थाना क्षेत्रको केशव वाटिका विवाह भवन बनगाउँनजिक तीर्थयात्रीहरु चढेको अटोलाई कारले ठक्कर दिएको थियो । अटोमा १२ जना सवार रहेका थिए । उनीहरु बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ ।

झापाका मृतक र घाइतेहरुलाई आज नेपाल ल्याउन लागेको मृतकका आफन्त मिकी कार्कीले जनाएका छन् ।-न्यूज संजाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖