• Sunday 4th of October 2026

इटहरीकी यसोदाको धरानमा हत्या


  • धनकुटा खबर
  • .

धरान : सुनसरीको इटहरी उपमहानगरपालिका-२, वसन्त टोलकी ४४ वर्षिय यसोदा श्रेष्ठको धरानमा हत्या गरिएको छ। बुधबार बेलुका क्वाटी खान माइत जान्छु भनेर घरबाट हिँडेकी उनको हिजो राति हत्या गरिएको अवस्थामा शव भेटिएको छ। रामेछाप घर भई धरान-१७ ससुरालीमा बस्ने टेकबहादुर दर्जीले यसोदाको हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए।

उनले यसोदाको हत्यामा सम्लग्न दर्जीलाइ पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए। यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ। यसोदाको हत्यापश्चात् शव जंगलमा फाल्न लैजादै गर्दा स्थानीयले प्रहरीलाइ खबर गरी जानकारी दिएका कारण दर्जी पक्राउ परेका थिए।

यसोदाको हत्यापश्चात उनले लगाएका सुनका गहना लुटिएको परिवारका सदस्यले बताएका छन्। यसोदाको शव पोस्ट्मार्टमका लागि बिपी कोइराला स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖