• Sunday 4th of October 2026

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु


  • धनकुटा खबर
  • .

Nepal Press
Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
२०८० भदौ १५ गते
EN

कैलाली । बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुईजनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका-६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जिलाको हिजो बिहान र उनका दाजुको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा ५ जना रहेपनि एक छोरी र बुवा अन्यत्र भएका कारण उनले च्याउ खाएका थिएनन् । च्याउ खाएकामध्ये २ जनाको मृत्यु भइसकेको र आमाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖