• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडप


  • धनकुटा खबर
  • .

एजेन्सी । वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् ।

इजरायली सेनाको बल सैन्य बुलडोजरसहित बिष्फोटक पदार्थ बोकेर आएपछि झडप सुरू भएको हो ।

इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस शहरमा आक्रमण गरेको थियो ।

जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै प्लोस्टाइनी नागरिकहरुले बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए ।

प्रदर्शकारीलाई रोक्न सैनिकले रबरको गोली र अश्रु ग्यास छोडेको थियो । सैनिकबाहेक झडपको क्रममा ५६ प्यालेसटाइनी नागरिक घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖