• Sunday 4th of October 2026

१५ वर्षीया बालिकालाई होटलमा लगेर पटक–पटक बलात्कार गर्ने अटो चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । सुर्खेतको वीरेन्द्रनगरमा फुपूको घर खोज्दै अलपत्र परेकी एक १५ वर्षीया बालिकालाई अटो चालकले घरमै पुर्याइदिन्छु भन्दै होटलमा लगेर पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। युवकले आफ्नो अपराध स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्रबहादुर शाही (अटो चालक) ले बलात्कार गर्ने र मारिदिने योजना बनाएको समेत अनुसन्धानबाट खुलेको बताए। ती बालिकालाई पुर्‍याइदिन्छु भनेर नजिकैको जंगलमा लग्यो। यहाँ त होइन भनेर बालिका ओर्लिन खोजेपछि चालकले आफू झुक्किएको बहाना बनाएर अटोरिक्सा घुमायो । घर नभेटिएको बहाना बनाइ बालिकालाई अहिले तिमीले जान खोजेको ठाउँ भेटिएन, अब राति भइसक्यो, तिमीलाई यहाँ (होटल) सुताएर म जान्छु भनेछ। तिमी मेरी बहिनी र छोरीजस्तो हो, भोलि बिहानै आएर तिम्री फुपूको घर पुर्‍याइदिन्छु भनेर विश्वास दिलाएको रहेछ।

होटलको कोठामा पसेर सुरेन्द्रले म यहाँको डन हो, मैले भनेको मानिनस् भने मारेर फालिदिन्छु भन्दै धम्की दिएर सुरुमा बलात्कार गरेको पाइएको छ। सुरेन्द्रले राति फेरि आफूसँगै बालिकालाई पनि जबरजस्ती मदिरा सेवन गर्न लगाएर पटक–पटक बलात्कार गरेको र विहान बालिकालाई होटलको कोठामा थुनेर केही समय बाहिर निस्केको र फेरि कोठामा गएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖