• Sunday 4th of October 2026

पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था बुझ्न कमल थापा ह्याम्स अस्पताल पुगे


  • धनकुटा खबर
  • .

काठमाडौं । मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् ।

भेटमा पूर्वयुवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ लाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएको छ ।

पारसलाई भेट्न अध्यक्ष थापासङ्ग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि थिए । अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖