• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

जेलरको नाफा बाँडफाँडमा रजनीकान्तले पाए १ सय करोड, निर्माताले दिए १.२५ करोडको बीएमडब्लु उपहार


  • धनकुटा खबर
  • .

हैदराबाद । रजनीकान्तको फिल्म ‘जेलर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । देशमा ३ सय ८१ करोड रुपैयाँ कमाएको चलचित्र विश्वभर ६ सय करोड क्लबमा सामेल हुने दिशामा अघि बढिरहेको छ ।

यसैबीच, रजनीकान्त देशकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता पनि बनेको भारतीय मिडियाले बताएका छन् । हालै फिल्मका निर्माता कलानिथी मारनले रजनीलाई भेटेर नाफा बाँडफाँडबापत १०० करोडको चेक हस्तान्तरण गरेका थिए ।

यससँगै कलानिधिले रजनीकान्तलाई बीएमडब्लू एक्स७ पनि उपहार दिए। यो कारको मूल्य १.२५ करोड भारु रहेको बताइएको छ । रिपोर्टहरूको विश्वास गर्ने हो भने, निर्माताले फिल्मबाट हालसम्म कुल २१० करोड भारतीय रुपैयाँ कमाएका छन् ।

सन पिक्चर्सले आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा यो भेटको तस्बिर शेयर गरेको छ । जसमा कलानिधिले रजनी चेक हस्तान्तरण गरिरहेको देखिन्छ । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यससँगै सन पिक्चर्सले एउटा भिडियो पनि शेयर गरेको छ । यसको क्याप्सनमा उनले लेखिएको छ, ‘जेलरको सफलताको उत्सव जारी छ। हामीले रजनीकान्तलाई धेरै कार मोडलहरू देखाइसकेका थियौँ, जसमध्ये कलानिथीले बीएमडब्लू एक्स७ को साँचो हस्तान्तरण गर्नुभयो जुन सुपरस्टार आफैँले रोज्नु भएको थियो।’

खाडीमा तेस्रो सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म

जेलरको कमाइको बारेमा कुरा गर्दा, यो खाडी क्षेत्रमा तेस्रो सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म बनेको छ। केजीएफ–२ र बाहुबली–२ यस सूचीमा शीर्ष स्थानमा छन् । अगस्ट १० मा रिलिज भएको यो फिल्मले अहिलेसम्म धेरै रेकर्ड तोडेको छ ।

जेलरको बक्स अफिस कलेक्सन

पहिलो दिन कलेक्सन – ५६ करोड भारु

पहिलो हप्ता सङ्कलन – २७६ करोड भारु

दोस्रो हप्ता सङ्कलन – ७३ करोड भारु

भारतीय बक्स अफिस कलेक्सन – ३८१ करोड भारु

वर्ल्ड वाइड कलेक्सन – ५७२.३५ करोड भारु

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖