• Sunday 4th of October 2026

अभिनेत्री निरूता सिंहले गरिन् बिहे


  • धनकुटा खबर
  • .

मुम्बइ । अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्। उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरकेो जानकारी दिएकी हुन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो …’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरुता सिंहले गत बिहीबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ।

हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖