• Sunday 4th of October 2026

एक किलो सुनसहित रसुवाबाट महिला पक्राउ


  • धनकुटा खबर
  • .

रसुवा । रसुवा प्रहरीले एक किलो सुनसहित रसुवाबाट एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोसाइकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेम तामाङ रहेकी छन्।

तामाङलाई प्रहरीले ​गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट शनिबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई पक्राउ गरेको थियो ।

जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको सुन फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖