• Sunday 4th of October 2026

प्रचण्डलाई ओलीको कटाक्षः गेरु वस्त्र धारणम,मुर्रा राँगा ताननम्


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताएका छन् ।

आजबाट सुरू भएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बेलामा कुरा नगरेको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भने–‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्‍याउँनुपर्छ त ? अब दिइहाले त के गर्ने ? कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’

ओलीले नेकपा एमाले कुनै कर्मकाण्डी पार्टी नभएको दाबी गरे । उनले भने ‘नेकपा एमाले कर्मकाण्डी होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन,’।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖