• Sunday 4th of October 2026

पेप्सीकोलामा सवारी दुर्घटना‚ कम्तीमा १० जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ — पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन् ।

काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा स्कुटर र जिपमाथि परेको थियो ।

घाइते भएकामध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर पुर्‍याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।

सामान्य घाइते भएकालाई भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖