• Sunday 4th of October 2026

जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु


  • धनकुटा खबर
  • .

जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दकाले भे १ ज १०९९ नम्बरको जिप दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटना स्थलमा ज्यान गएको जानकारी दिएका छन । उनीहरूको नाम र पहिचान हुन सकेको छैन ।

उनका अनुसार घटनाको बिस्तृत विवरणका लागि प्रहरी हवलदार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन् । प्रहरीका अनुसार अन्दाजी सडकबाट जिप ३ सय मिटर तल खसेको थियो । घटनाको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖