• Sunday 4th of October 2026

बालेनको नवजात शिशु एक सातादेखि अस्पतालको एनआईसीयूमा, स्वास्थ्य सुधारोन्मुख


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी पत्नी सविता काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिएको खुलेको छ । आमा अस्पतालबाट डिस्चार्ज भइसकेको र नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले बतायो ।

काठमाडौंको मेडिसिटी अस्पतालमा शल्यक्रियामार्फत सविनाले बच्चा जन्माएकी हुन् । आमाको पेटमा छँदा नै बच्चाको अवस्था सामान्य नरहेकाले डाक्टरहरुको सल्लाहअनुसार ७ महिनामा शल्यक्रिया गरेर निकालिएको अस्पताल स्रोतको भनाइ छ । यसअघि बालेनले पत्नीलाई भारतको अस्पतालमा लगेर पनि देखाएका थिए भने एक महिनाअघि देखि मेडिसिटी अस्पताल धाइरहेका थिए ।

सविनाको पेटमा जुम्ल्याहा छोरी थिए । उनीहरुमध्ये एक शिशुलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ ।

नवजात शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको बुझिएको छ । स्रोतका अनुसार केही दिन अझै अस्पतालमा राख्नुपर्ने हुन सक्छ । सविना बच्चालाई दुध खुवाउन घरबाटै अस्पताल जाउआउ गरिरहेकी छन् ।

हिजो अस्पतालबाट फर्किने क्रममा सविना सवार रहेको महानगपालिकाको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । ट्राफिक प्रहरीले बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन आवश्यक अनुमतिपत्र मागेका थिए । तर, ड्राइभरसँग अनुमतिपत्र नरहेको र बालेनकी पत्नी सवार रहेको भनेपछि छोडिदिएको स्रोतको भनाइ छ ।

बालेनको सचिवालय स्रोतले चाहीँ प्रहरीले चालक ‘दुर्व्यवहार’ गरेको दाबी गरेको छ ।

‘बालेनको गाडीभन्दा पनि ‘मेयरको गाडीमा बिदाका दिन मेयरनी सा’ब चढ्न मिल्दैन भनेर ओर्लिन आदेश दिइयो’ स्रोतले भन्यो, ‘बल्लबल्ल सम्झाएर त्यहाँबाट उम्किनुभएको हो ।’

सचिवालय स्रोतका अनुसार बालेन दम्पतीलाई गृहमन्त्रालयले सुरक्षाका कारण सार्वजनिक सवारीसाधन प्रयोग नगर्न सुझाव दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖