• Sunday 4th of October 2026

पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेका खड्का सामाखुसीबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्युठान मल्लरानी गाउँपालिका ४ खलंगा घर भई काठमाडौंको सामाखुशी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाखुसीबाट पक्राउ गरेको हो ।

खड्काले सन्दिप परियारलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, त्यसको लागि १५ लाख रुपैयाँ मात्र लाग्छ पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक डेढ लाख भन्दा धेरै तलव हुन्छ भनेर प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।

उनी परियारसँगपटकपटक गरी तीन लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए । खड्का ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि परियार आफू ठगिएको चाल पाएपछि वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

विभागबाट कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । प्रहरीले खड्काको खोजतलास गर्ने क्रममा शुक्रबार सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖