• Sunday 4th of October 2026

सिंहदरबारबारे बोल्यो बाघदरबार, यस्तो थियो बालेन आक्रमक बन्नुको कारण


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह हिजो (शनिबार) राती निकै आक्रमक देखिए । महानगरको गाडी प्रहरीले रोकेर अनावश्यक दुःख दिएको भन्दै उनी आक्रमक भएका थिए । उनी आक्रमकमात्रै देखिएनन्, सिंहदरबार जलाउने चेतावनीसहित उनले नेपाल सरकारलाई चोर सरकारको संज्ञा दिए । बालेनको उक्त अभिव्यक्ति चर्चा र आलोचनाको विषय बन्यो ।

बालेन आक्रमक हुनुको कारण थियो, उनकी श्रीमती सविना काफ्ले सवार गाडीलाई ट्राफिक प्रहरीले अनावश्य केरकार र दुःख दिनु । बालेनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भएपछि महानगरले विज्ञप्ति नै जारी गरेर घटनाबारे प्रष्ट्याएको छ ।

महानगरले घटनाको बारेमा जानकारी दिन जारी गरेको विज्ञप्तिमा कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भएको उल्लेख छ ।

ट्राफिक प्रहरीले सबिना काफ्लेलाई अस्वाभाविक प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिएको महानगरको आरोप छ ।

गलत आचरण भएका प्रहरीहरू माथि निगरानी गर्न र गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन पनि महानगरले सरकार र ट्राफिक प्रहरीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖