• Sunday 4th of October 2026

वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतारविरुद्ध पहिले बलिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो ।

समूह ‘ए’ मा कतारले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । यसअघि खेलेका तीनवटै खेलमा कतार पराजित भएको थियो ।

नेपालले दुई वर्षपछि कतारसँग टी-२० क्रिकेट खेल्न लागेको हो । यसअघि २०२१ नोभेम्बरमा कतारसँग भएको तीन खेलको टी-२० सिरिज नेपालले क्लिन स्वीप नै गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल युएईसँग बुधबार खेल्नेछ ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ मा ६ र समूह ‘बी’ मा ५ टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖