• Sunday 4th of October 2026

मेस्सीको पासमा अल्बाको गोल, एमएलएसमा इन्टर मियामी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा अर्को जित हात पारेको छ । इन्टर मियामीले सोमबार सम्पन्न खेलमा लस एन्जल्स फुटबल क्लबलाई ३—१ गोलले पराजित गर्‍यो ।

प्रारम्भदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको इन्टर मियामीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको १४औँ मिनेटमै इन्टर मियामीले अग्रता लिएको थियो । इन्टर मियामीका लागि फाकुन्डो फारियसले पहिलो गोल गरेका थिए ।

फाकुन्डोको सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो । खेलको ५१औँ मिनेटमा जोर्डी अल्बाले इन्टर मियामीको अग्रता दोब्बर बनाएको थियो । अल्बालाई गोलका लागि मेस्सीले आकर्षक पास उपलब्ध गराएका थिए । एमएलएसमा मेस्सीको पासमा कुनै पनि खेलाडीले गरेको यो पहिलो गोल हो ।

यसैगरी ८३औँ मिनेटरमा इन्टर मियामीका लागि लियोनार्दो काम्पानाले तेस्रो गोल थपेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा लस एन्जल्स फुटबल क्लबले सान्त्वना गोल फर्काएको थियो । लस एन्जल्स फुटबल क्लबका लागि रायन होलिङ्सेडले जवाफी गोल गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖